काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १० हजार २५४ जनामा संक्रमण पुष्टी भएको छ । देशैभरको विभिन्न प्रयोगशालामा २० हजार १८७ जनाको नमूना परिक्षणको क्रममा उक्त संख्याका ब्यक्ति संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिरबार संक्रमित मध्ये १४ हजार ४६२ जनाको पीसीआर गर्दा ८ हजार २१२ जना र ५ हजार ७२५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ हजार ४२ जनामा संक्रमण देखिएको छ । योसंगै कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८४५ जना पुगेका छन् ।
शनिबार नै थप ७०८ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख २० हजार २८३ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये १६ जनाको ज्यान गएको छ । योसंगै संक्रमित मध्ये ११ हजार ६५१ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको सूचना अनुसार देशैभर ७२ हजार ८६२ जना सक्रिय संक्रमित रहेका छन् ।



