गोरखा । गोरखा जिल्लाको ११ वटै स्थानिय तहमा कोरोना फैलिएको छ । शुक्रबार ७० जनामा गरिएको एन्टिजेन परिक्षणमा थप ३२ जनामा संक्रमण देखिए संगै जिल्लाको सबै स्थानिय तहमा संक्रमण फैलिएको हो ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार आज ३६ जना महिला र ३५ जना पुरुषमा गरिएको परिक्षणका क्रममा ३२ जनामा संक्रमण देखिएको छ । जस अन्तरर्गत गोरखा अस्पतालमा ३ जना, गोरखा नगरपालिकामा १६ जना, पालुङटार नगरपालिकामा ४ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै गरी, गण्डकी गाउँपालिकामा ३ जना, आरुघाट गाउँपालिकामा २ जना र चुमनुब्री गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको छ । योसंगै गोरखामा सक्रिय संक्रमितको संख्या २८४ जना पुगेको छ ।
आज संक्रमण देखिएहरुमा गोरखा अस्पतालमा १ जना महिला र २ जना पुरुष, गोरखा नगरपालिकामा १० जना महिला र ६ जना पुरुष, पालुङटार नगरपालिकामा १ जना महिला र ३ जना पुरुष, गण्डकी गाउँपालिकामा २ जना महिला र १ जना पुरुष, आरुघाट गाउँपालिकामा २ जना महिला तथा धार्चे गाउँपालिकामा १ जना महिला र ३ जना पुरुष रहेका छन् ।





















