काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज १० हजार ७०३ जनामा संक्रमण पुष्टी भए संगै सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमूना परिक्षणका क्रममा १० हजार ७०३ जनामा संक्रमण पुष्टी भएको हो ।
आज संक्रमण पुष्टी भएका मध्ये १८ हजार ६१८ जनाको पीसीआर गर्दा ८ हजार ८१५ जना र ४ हजार ४७४ जनाको एन्टिजेन परिक्षण गर्दा १ हजार ८८८ जनामा संक्रमण देखिएको छ । योसंगै सक्रमितको संख्या १० लाख ६ हजार ५९१ जना पुगेका छन् ।
शुक्रबार नै थप ७६६ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नको संख्या ८ लाख १९ हजार ५७५ जना पुगेका छन् ।
त्यस्तै गरी, संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।





















