काठमाण्डौं । उपत्यकाका आज रातीदेखी लागु हुने जोर बिजोर प्रणाली अन्तरर्गत कुनकुन सवारी साधानमा जोरबिजोर लाग्ने भन्ने बारेमा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । शुक्रबार राती १२ः०० बजेदेखि यातायातका साधनमा जोरबिजोर लागू हुने यस अघि नै निर्णय भएको थियो ।
तर औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स दमकल, शवबाहन, तरकारी तथा फलफुल, सञ्चार माध्यामका सवारी साधानमा जोरबिजोर लागू नहुने प्रशासनले आज जारी गरेको सूचनामा भनेको छ ।
यस्तै गरी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध बोकेका सवारी साधनमा पनि जोर बिजोर लागू हुने छैन भने चिकित्सक, सुरक्षाकर्मी, बैंकका कर्मचारीको हकमा पनि जोरबिजोर लाग्ने छैन ।
सञ्चार माध्यामको हकमा भने सूचना विभागबाट जारी भएको प्रेस पास देखाएर सवारी साधन सञ्चालन गर्न पाइने भएको छ ।





















