काठमाण्डौं । नोबल कोरोना भाइरसका कारण नेपालमा सक्रमितको संख्या १० लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार संक्रमितको संख्या ९ लाख ९५ हजार ८८८ जना पुगेको हो ।
दैनिक संक्रमण दरलाई मध्येनजर गर्ने हो भने आज संक्रमितहरुको संख्या १० लाख माथि पुग्ने छ । बिहीबार अहिले सम्मकै सर्वाधिक संक्रमित भएका थिए । मन्त्रालयका अनुसार बिहीबार १२ हजार ३३८ जना संक्रमित भएका थिए ।
त्यस्तै गरी, संक्रमित भएकाहरुले पनि संक्रमणलाई जित्नेहरुको संख्या धेरै नै भएका छन् । बिहीबार साँझसम्म मात्रै ८ लाख १८ हजार ८०९ जनाले संक्रमणलाई जित्न सफल भएका थिए ।
यो बिचमा भने संक्रमित मध्ये ११ हजार ६३२ जनाले ज्यान गुमाएदा देशैभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना पुगेको थियो । यो संख्या शुक्रबार बढेर ६० हजार नाघ्ने अनुमान गरिएको छ ।





















