काठमाण्डौं । राजधानीको ज्याठाबाट ६ हजार ५०० लिटर नक्कली मह सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाण्डौ महानगरपालिका २७ को ज्याठा बस्ने नरेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको महको कारखाना नै सञ्चालन गरेको प्रहरी छापा पछि पुष्टी भएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरका अनुसार श्रेष्ठले कारखानामा चिनी र मैदालाई पकाएर नक्कली मह उत्पादन गर्दै आएको थियो । उत्पादीत मह सबै गुणस्तर हिन भएको समेत कुवरले जानकारी दिए ।
स्पर्स ब्राण्डको नाममा श्रेष्ठले देशको विभिन्न भागमा मह बिक्री गर्दै आएको समेत खुल्न आएको छ । सरकारी निकायमा दर्ता समेत नभएको उत्त कम्पनीले अहिलेसम्म के कती मात्रामा मह बिक्री गरेको भन्ने बिषय अनुसन्धान भई रहेको छ ।
चिनी र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर श्रेष्ठले मह उत्पादन गरेको भन्दै आरोपी श्रेष्ठलाई कालोबजारी ऐन अनुसार म्याद थप गरेर अनुसन्धान भईरहेको कुँवरले बताए ।




















