काठमाण्डौं । काठमाण्डौं उपत्यकामा आज राति १२ बजेदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागु हुने भएको छ ।
पछिल्लो साता कोरोना संक्रमण ह्वात्तै बढे संगै काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा भएको निर्णय अनुसार आज राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्र सञ्चालन गर्न पाउने छन् ।
जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने निर्णय भएको छ ।




















