काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप १२ हजार ३३८ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ जनाको नमूना परिक्षणका क्रममा १२ हजार ३३८ जनामा संक्रमण पुष्टी भएको हो ।
आज संक्रमण देखिएका मध्ये २१ हजार ७ जनाको पीसीआर गर्दा १० हजार ५२ जना र ६ हजार ४९० जनाको एन्टिजेन परिक्षण गर्दा २ हजार २८६ जनामा संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८८८ जना पुगेको छ ।
त्यस्तै गरी, बिहीबार नै ६४९ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख १८ हजार ८०९ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ४ जनाको ज्यान गएको छ । योसंगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६३२ जना पुगेका छन् ।
मन्त्रालयका अनुसार देशैभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।


