मोरङ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवर्षी नगरपालिका ७ बरडंगा बस्ने २२ वर्षीय सुरेन्द्र रिषिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।
सुरेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीमा उजुरी परे पछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेको सुरेन्द्र उपर प्रहरीले जबरजस्ती करणी मुद्वामा मुद्वा दर्ता गरेर अनुसन्धान थालेको मोरङ प्रहरीले जनाएको छ ।


