पोखरा । पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट करिब २ केजी २०० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका ९ शान्तीटोल बस्ने २१ वर्षीया शुस्मिता गुरुङ र २० वर्षीय राजकुमार भुजेल रहेका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।




















