महोत्तरी । औराही नगरपालिका ४ कठुधारबाट करिब ३ हजार पिस नियन्त्रित लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे मनदन देवपुर बस्ने २५ वर्षीय सरोज बिक र सिरहा गोलबजार नगरपालिका ४ बस्ने २३ वर्षीय आकाश शर्मा रहेको महोत्तरी प्रहरीले जनाएको छ ।
उनीहरुबाट प्रहरीले २ हजार ९ सय ८२ पिस नाइट्राभेट बरामद गरेको छ । बर्दिबासतर्फ जाँदै गरेको बा. ४६ प ६२७३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याउदै गरेको उक्त लागूऔषध फेला परेको हो ।


