काठमाण्डौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज प्रति तोलामा १ हजार रुपियाँले वृद्वि भएर ९३ हजार ७०० रुपियाँ कारोबार भएको हो ।
तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै गरी, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार २८५ रुपियाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १ हजार ३१५ रुपैयाँ कायम भएको हो ।



