बुटवल । बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाको मृत्यु गएको छ । बुटवल वडा ११ प्रगतिनगर स्थित तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्को खस्दा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन् ।
पुरिएर घाईते भएकाहरुको स्थानीयले उद्बार गरेर अस्पताल पुर्याएपछि २ जना मृत्यु बुटवल प्रहरीले जनाएको हो । पुरिएर मृत्यु हुनेमा स्थानीय गणोश थापा र शिव थापा रहेका छन् ।
घटनामा परि घाइते हुनेमा केशव पुरी, अशोक गाहा र अन्य १ जना रहेको प्रहरीले जनाएको छ ।
ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
जाढोको कारण स्थानीयले तिनाउ किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खसेको थियो ।


