काठमाण्डौं । मौसममा परिवर्तन आए संगै आज केही पहाडी भागमा बर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु÷कुहिरो लागेको छ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको समेत संभावना रहेको शाखाले जनाएको छ ।
शाखाले सूचना जारी गर्दै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना रहेकोले सर्तकता अपनाउन भनेको छ ।
राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ ।


