काठमाण्डौं । सरकारले आज कोरोना परीक्षण शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी प्रयोगशालामा कोरोना परीक्षणका लागि यसअघि लिँदै आएको १ हजार रुपैयाँ शुल्कलाई ८०० रुपैयाँमा झारिएको हो ।
निजी अस्पतालहरुले लिँदै आएको शुल्क भने १ हजार ५०० रुपैयाँ कायम गरिएको मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले बताए ।
लक्षण देखिएका र पिसिआर परीक्षणका लागि चिकित्सकले सिफारिस गरेको अवस्थामा सरकारी प्रयोगशालामा निःशुल्क परीक्षण हुने उनले बताए ।
लक्षण नदेखिएका र अन्य प्रयोजनका लागि परीक्षण गर्दा भने ८०० रुपैयाँ लाग्छ उनले जानकारी दिए ।


