काठमाण्डौं । कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च देखिएको छ । आज ११ हजार ३५२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, बुधबार देशभर २३ हजार ४०९ जनाको नमूना परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना देखिएको हो । ।
यो एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या हो । दोस्रो लहरमा पनि एकै दिन यति सङ्क्रमित पुष्टि भएका थिएन् ।




















