काठमाण्डौं । भारतले अन्तर्राष्ट्रिय व्यवसायिक यात्रुवाहक उडानमा लगाएको प्रतिबन्ध २८ फेब्रुअरीसम्मका लागि बढाएको छ । भारतको नागरिक उड्डयन मन्त्रालयले अगामी २८ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको जनाएको हो ।
भारतबाट आउने र जाने निर्धारित अन्तर्राष्ट्रिय व्यवसायिक यात्री सेवाहरुमा लगाइएको प्रतिबन्ध २८ फेब्रुअरी २०२२ को राती ११ः५९ मिनेटसम्मको लागि लागू रहने समाचार एजेन्सी एएनआइले पनि जनाएको छ ।
यो प्रतिबन्ध मालवाहक जहाजहरुमा नहुने र जुन उडानको अनुमति नागरिक उड्डयन महानिर्देशनालयले दिन्छ ती उडान पनि यो प्रतिबन्धको दायराबाट बाहिर हुने समाचारमा बताएको छ ।


