उदयपुर । उदयपुरमा बसबाट झर्ने क्रममा लडेर १ जना पुरुषको ज्यान गएको छ । ज्यान जानेमा उदयपुरगढी गाउँपालिका ५ बस्ने ५० वर्षीय कृष्णबहादुर राई रहेको उदयपुर प्रहरीले जनाएको छ ।
उदयपुरगढी गाउँपालिका ५ स्थित सडकमा ना. ३ ख ७९४४ नम्बरको बसबाट झर्ने क्रममा लड्दा सोही गाडीको चक्काले चप्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।


