पाल्पा । पाल्पामा ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १ पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको निस्दी गाउँपालिका १ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको उजुरी पर्ना साथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेको आलेलाई जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिरहेको पाल्पा प्रहरीले जनाएको छ ।


