काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै आज सक्रिय संक्रमितको संख्या २४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २४ हजार ५७६ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा १७ हजार ७०९, भक्तपुरमा २ हजार ३९६ जना र ललितपुरमा ४ हजार ४७१ जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबार सम्म सक्रिय संक्रमितको संख्या बढेर ३९ हजार ४४ पुगेको छ ।





















