काठमाण्डौं । कोरोना संक्रमण फैलिए यता आज अहिले सम्मकै सबैभन्दा धेरै संक्रमित देखिएको छ । देशैभरको विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८२८ जनाको नमुना परिक्षण गर्दा मंगलबार १० हजार २५८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये १७ हजार ८७२ जनाको पीसीआर गर्दा ८ हजार ७३० जना र ४ हजार ९५६ जनाको एन्टिजेन परिक्षण गर्दा १ हजार ५२८ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमितहरुको संख्या ९ लाख ७२ हजार १९८ जना पुगेको छ ।
आजै ५६२ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेका छन् ।
त्यस्तै, गरी पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १ जनाको मृत्यु भएको छ । योसहित संक्रमित मध्ये ११ हजार ६२४ जनाको मृत्यु भईसकेको छ ।
मन्त्रालयका अनुसार देशैभरको स्थानिय तहमा गरी ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् ।





















