काठमाण्डौं । ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका १५ लालीगुराँस टोलका ४१ वर्षीय विकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भए लगत्तै फरार रहेका पुनलाई काठमाण्डौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको जानकारी पाए लगत्तै प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पुनलाई काठमाण्डौं महानगरपालिका ११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको ब्यूराले जनाएको छ । साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडी समेत प्रहरीले नियन्त्रणम लिएको छ ।
विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाईएको ब्यूरोले जनाएको छ ।




















