काठमाण्डौं । नोबल कोरोना भाइसर (कोभिड–१९)बाट आज थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टी भएको छ । देशैभरका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनाको नमूना परिक्षण गर्दा ६ हजार ७३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको जनाएको छ ।
आज संक्रमण देखिएका मध्ये १४ हजार १४ जनाको पीसीआर गर्दा ५ हजार ७४७ जना र ३ हजार ४५१ जनाको एन्टिजेन परिक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टी भएको हो । योसंगै कोरोना बाट संक्रमितहरुको संख्या ९ लाख ६१ हजार ९४० जना पुगेका छन् ।
सोमबार नै थप ५४७ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख १६ हजार ९८५ जना पुगेका छन् ।
त्यस्तै, गरी पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ३ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११हजार ६२३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको सूचना अनुसार देशैभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।





















