सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका १ बुम्रे का ५२ बर्षीय दानु शेर्पाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ बर्षीय वाङदी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
वाङदीले आइतबार राति दाउराको चिर्पटले टाउकोमा प्रहार गरी दानुको मृत्यु भएको हो । हत्या लगत्तै प्रहरी चौकी खरिखोलाबाट खटिएको प्रहरीको टोलीले वाङदीलाई पक्राउ गरेकोसोलुखुम्बु प्रहरीले जनाएको छ ।
पक्राउ परेका वाङदीलाई कतब्र्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


