महोत्तरी । मटिहानी नगरपालिका ८ बाट स्रोत नखुलेको नगद ३० लाख रुपैयाँ सहित सोही नगरपालिका ३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईनलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउदै गरेको ज. ६ प ६९४४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम सहित फेला पारी राईनलाई पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईन र उनी संग फेला परेको रकमका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।




















