बारा । ९ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आदर्शकोतवाल गाउँपालिका ८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय संतोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेको बारा प्रहरीले जनाएको छ ।
गत पुस २५ गते दिउँसो बाख्रा चराउन गएकी ती बालिका साँझ सम्म पनि घर नआए पछि खोज तलास गर्ने क्रममा पुस २७ गते दिउँसो आदर्श कोतवाल गाउँपालिका ७ को जमुनी खोलामा बालिको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय बारा तथा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान टोलीले बालिकाको जबरजस्ती करणी पछि हत्या गरी फालेको खुल्न आएपछि घटनामा संलग्न संतोष साह र अपराध पुष्टी हुने दशीहरू नष्ट गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो ।
उनीहरु उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


