काठमाण्डौँ । नोबल कोरोना भइरस (कोडि–१९)बाट आइतबार ४ हजार ९६१ जनामा संक्रमण देखिएको छ । देशको विभिन्न प्रयोगशालामा गरिएको १५ हजार १३१ परीक्षणमा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआर गर्दा ४ हजार ५३४ र २ हजार ५६९ को एन्टिजेन परीक्षण गर्दा ४२७ लाई संक्रमण देखिएको हो ।
यस्तै २४ घण्टामा ४३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । आज संक्रमण देखिएका सहित नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले जनाएको छ ।


