काठमाण्डौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताए ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्कीले नेपाल सरकारले भारत सरकारलाई नेपाली भू–भाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण–विस्तार रोक्न आग्रह समेज जानकारी दिए ।
उनले नेपाल–भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धिसम्झौता तथा नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताए ।




















