काठमाण्डौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले फिल्म हल र रात्रिकालीन व्यवसायमा रोक लगाउने निर्णय गरेको छ । सरकारले संक्रमणको जोखिम बढ्दै गएको भन्दै माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए ।
त्यस बाहेक पनि भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको र ती पालना गर्नुपर्ने मन्त्री कार्कीले जानकारी गराए ।


