काठमाण्डौं । कोरोना संक्रमणका कारण आजको संसद् बैठक स्थगन भएको छ ।
संसद् सचिवालयले आइतबार सूचना प्रकाशित गरी राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक स्थगन भएको जनाएको छ ।
संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रिय सभाको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन भएको जनाएका छन् । राष्ट्रिय सभाको बैठक ३ माघ दिउँसो १ बजे बोलाइएको थियो ।
त्यस्तै, प्रतिनिधि सभाको बैठक भने १६ माघ दिउँसो १ बजेसम्मका लागि स्थगन भएको छ । यसअघि प्रतिनिधि सभाको बैठक पनि ३ माघ दिउँसो १ बजे बोलाइएको थियो ।


