जाजरकोट । कस्तुरीको बिना सहित चौखा बजारबाट प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ । नलगाड नगरपालिका ११ चौखा बजारबाट १ थान कस्तुरीको बिना सहित सोही नगरपालिका १० ध्यारगाउँ बस्ने ४५ वर्षीय दिल्लीबहादुर ध्यारलाई प्रहरीले पक्राउ गरेको हो ।
ध्यारले कस्तुरीको बिना बिक्री प्रयोजनको लागि साथमा लिई हिँडिको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रग्दाबाट खटिएको प्रहरीको टोलीले उनलाई बिना सहित फेला पारी पक्राउ गरेको जाजरकोट प्रहरीले जनाएको छ ।
पक्राउ परेका दिल्लीका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।




















