सिरहा । गोलबजार नगरपालिका ६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकज कुमार महतोलाई १ थान म्याग्जिन नभएको पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।
महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको सुचना पाउनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त पेस्तोल सहित फेला पारी महतोलाई पक्राउ गरेको हो ।
अवैध हतियार घरमा राख्नुको कारण र कहाँबाट ल्याएको हो भन्ने बारे प्रहरीले अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ ।


