×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

टाइगर कप भलिबल : पुरुषतर्फ आर्र्मी र महिलातर्फ एपीएफलाई उपाधि

  •  गोरखा समाचार
  • आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेका छन् ।

    टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखी पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

    उपाधि बिजेता आर्मीले रु तीन लाख सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता टिपटपले रु एक लाख ५० हजार सहित ट्रफी र मेडल प्राप्त गरेको छ । आर्मीले टिपटपलाई २५–१८,२४–२६, २५–१८ र २५ १९ अङ्कले पराजित गरेको हो ।

    महिलातर्फको उपाधिका लागि दुई विभागीय टोलीबीचको खेलमा एपीएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

    एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । उपाधि विजेता एपीएफले रु तीन लाख सहित ट्रफी र उपविजेता आर्मीले रु एक लाख ५० हजार पुरस्कार पायो ।

    प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब रु ७५ हजार तथा चौथो भएको पुलिसले रु ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथौ स्थान प्राप्त गरी क्रमशः रु ७५ हजार र रु ३५ हजार पुरस्कार प्राप्त गरे ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपीएफका सरस्वती चौधरी घोषित हुँदै जनही रु २५ हजार पुरस्कार पाउनुभयो ।

    विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित पुरस्कृत गरिएको थियो । महिलातर्फ उत्कृष्ट सर्भर एपीएफका निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपीएफका हिरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारु र प्रशिक्षकमा एपीएफका महेश चौधरी घोषित हुँदै जनही रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

    यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिप टपका अमित गुलिया, लिब्रो आर्मीका इश्वर थापा, स्पाइकर टिप टपका विनित कुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिँह घोषित हुँदै जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँच÷पाँच वटा टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।

    समापन कार्यक्रममा भलिवल खेलको विकासमा विशेष योगदान पुर्याउने पूर्व राष्ट्रिय खेलाडी ऋषीसरा थापा, प्रशिक्षक रमेश केसी र नेपाल भलिवल संघका महासचिव जितेन्द्र बहादुर चन्दलाई सम्मान गरिएको थियो । उनीहरुलाई गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ र टाइगर गु्रपका अध्यक्ष नारायण प्रसाद शर्माले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

    प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीहरुलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउथ एशियन सेन्ट्रल भलिबल एशोसिएसनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी, केएफसी, नेपाल टेलिकम, इसेवा रेमिट लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, माघ ०२, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.