तनुहँ । बन्दीपुर गाउँपालिका ६ को धरमपानीस्थित सडकमा शुक्रबार राती ग. १ ज ६५५५ नम्बरको जिप दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् । सडकबाट करिब १०० मिटर तल खसेको जीपमा सवार मध्ये ७ जनाको ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरुमा बन्दीपुर गाउँपालिका ६ बस्ने ५३ वर्षीय हरि न्यौपाने, २४ वर्षीय रोसन गुरुङ, ९ महिनाकी आरुबी थापा, ४८ वर्षीया सुसिलादेवी न्यौपाने, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङ रहेका छन् ।
दुर्घटना स्थलमा ४ जनाको मृत्यु भएको र अन्य २ जनाको भने उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका अन्य ८ जनाको भरतपुर शिक्षण अस्पताल चितवनमा उपचार भइरहेको छ ।




















