काठमाण्डौं । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २१ बर्षिय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ५ नारायणटार बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका ३ गुम्छा घर भएका सुजन श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त बौद्ध जनाएको छ ।
श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परे लगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै गरी, बर्दियामा पनि १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका ४ सघर्षनगर छेदिया बस्ने २३ वर्षीय बिमल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
बिमलले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा पर्नासाथै इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।


