काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या ९ लाख ५० हजार माथि पुगेको छ । साता दिन यता संक्रमणको दर उच्च देखिन थाले संगै संक्रमितहरुको संख्या ९ लाख ५० हजार २४५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशैभर १४ हजार ५५६ जनाको नमूना परिक्षण गर्दा ५ हजार ६३६ जनामा संक्रमण देखिएको छ ।
आज संक्रमित भएका मध्ये १० हजार ४१२ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार ७०३ जना र ४ हजार १४४ जनाको एन्टिजेन परिक्षण गर्दा ९३३ जनामा संक्रमण देखिएको छ ।
शनिबार नै थप ३५० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ४ जनाले ज्यान गुमाएका छन् । योसंगै संक्रमित मध्ये ११ हजार ६१७ जनाले ज्यान गुमाई सकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशको विभिन्न भागमा २१ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।



