तनहुँ । बन्दीपुर गाउँपालिका ६ को धरमपानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
शुक्रबार राती धरमपानीको हटिया भन्ने ठाउँमा ग. १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको अन्य ८ जना घाइृते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पतालमा उपचारको लागि पठाइएको जिप्रका तनहुँले जनाएको छ ।
मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।




















