×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

टाइगर कप भलिबल : फाइनलमा पुरुषतर्फ हेल्प नेपाल र आर्मी भिड्ने

  •  गोरखा समाचार
  • शनिबार, माघ ०१, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टिम नेपाल आर्मी भिड्ने भएका छन् ।

    जारी प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा १० अंकका साथ फाइनलमा स्थान पक्का गर्दा नेपाल आर्मी ४ खेलमा ९ अंकका साथ दोश्रो हुँदै फाइनलमा स्थान बनाएको हो । शुक्रबारको खेलमा हेल्प नेपालले गण्डकी प्रदेश विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ । हेल्प नेपालले राउण्ड रोविन लिग अन्तर्गत चौथो खेलमा गण्डकी माथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्यो ।

    यस्तै पुरुषतर्फ नै विभागिय टोली नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस माथी ३–० को सहज जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । आर्मीले पुुलिस माथी २५–१५, २५–१८ र २५–१३ ले जित निकालेको थियो । नेपाल आर्मी पहिलो संस्करणको उपविजेता समेत हो । भारतिय टिम कप्तान बिनित सहित तिन उनका ३ सहकर्मी सम्मिलित हेल्प नेपाल र नेपाली राष्ट्रिय खेलाडी सम्मिलित नेपाल आर्मी विचको फाइनल खेल रोचक हुने भएको छ ।

    प्रतियोगितामा पुरुष तर्फ नेपाल पुलिस कुल ८ अंकका साथ तेश्रो स्थानमा रहँदा डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश ३ अंकका साथ चौथो स्थानमा रहन पुग्यो ।

    यस्तै महिलातर्फ विभागिय टिम नेपाल आर्मी राउण्ड रोविन लिगमा शिर्ष ९ अंकका साथ फाइनलमा स्थान बनाउँदै अर्को विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्ने भएको छ । एपिएफले कुल ८ अंकका साथ दोश्रो स्थान बनाएको छ भने न्यू डायमण्ड ७ अंकका साथ तेश्रो स्थानमा रहँदा नेपाल पुलिस ६ अंकका साथ चौथो स्थान बनाउन सक्यो । प्रतियोगिता पहिलो पटक सहभागिता जनाएको आयोजक टाइगर ग्रुपले जित विहिन रहन पुग्यो ।

    शुक्रबारको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसमाथी ३–० को सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो । आर्मीले पहिलो सेट २१–२५ ले गुमाउँदा पछिल्ला तिन सेट २५–१८, २५–२० र २५–१३ ले जित्दै फाइनलमा शिर्ष अंक बनाउँदै एपिएफ संग भेट पक्का गरेको हो । त्यस्ते विहविार प्रकाशको कमीका कारण रोकिएको खेलमा नेपाल पुलिसले डायमण्ड माथी ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले २५–२०, २५–२० र २५–२३ ले खेल जितेको थियो ।

    माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता थियो । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् ।

    प्रतियोगिताको उपाधि विजेता महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३÷३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५/२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०/१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, माघ ०१, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.