काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै आज सक्रिय संक्रमितको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै १० हजार ८११ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालय शुक्रबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार ५ हजार ८७ संक्रमितमध्ये २ हजार ६०७ जना उपत्यकाका भित्रकै रहेका छन् ।
शुक्रबार संक्रमित भएका मध्ये काठमाण्डौंमा १ हजार ९१३, भक्तपुरमा ३१७ जना र ललितपुरमा ३७७ जना संक्रमित थपिएका छन् ।
जसमा १० हजार ८११ सक्रिय संक्रमित मध्ये काठमाण्डौंमा ७ हजार ६२५ जना, भक्तपुुरमा १ हजार २५१ जना र ललितपुरमा १ हजार ९३५ जना रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा शुक्रबार सम्म सक्रिय संक्रमितको संख्या बढेर १८ हजार २३५ पुगेको छ ।


