काठमाण्डौं । साता दिन भित्र कोरोना संक्रमण हुनेको संख्यामा दोब्बरले बृद्वि हुदै जान थालेको छ । शुक्रबार मात्रै पनि ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिए संगै संक्रमणको दर उच्च हुन थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशको विभिन्न स्थानमा २० हजार ५६० जनाको नमूना परिक्षण गर्दा ५ हजार ८७ जनामा संक्रमण देखिएको पुष्टी गरेको हो ।
संक्रमण देखिएका मध्ये १३ हजार ४७४ जनामा पीसीआर गर्दा ४ हजार २०४ जना र ७ हजार ८६ जनामा एन्टिजेन परिक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको छ । योसंगै नेपालमा संक्रमितहरुको संख्या ९ लाख ४५ हजार ६०९ जना पुगेको छ ।
शुक्रबार नै संक्रमित मध्ये ३०६ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १५ हजार ६५३ जना पुगेको छ ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ३ जनाले ज्यान गुमाएका छन् । योसहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
आज संक्रमण देखिएका सहित देशको विभिन्न भागमा गरी कुल १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।





















