काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गतेका स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
शुक्रवार भएको सर्वदलीय बैठकमा आयोगले पहिलो चरणमा गर्ने भए २०७९ वैशाख १४ र दुई चरणमा गर्ने भए १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको हो ।
‘स्थानीय तहको निर्वाचन वैशाख १४ र २२ गते गर्न उपयुक्त हुन्छ वा हुदैन भन्ने बिषयमा सरकारले छलफल गरेर टुंगोमा पुर्याउने कांग्रेस केन्द्रीय सदस्य लेखकले बताए ।
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जेठ ५ गतेभित्र निर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्ने गरी स्थानीय तहको निर्वाचन गर्न अयोगलाई ध्यानाकर्षण गराएका थिए ।
आयोगले गृहमन्त्री र महान्यायाधिवक्ता मार्फत चुनावको मिति सरकारलाई सिफारिश गरेको जानकारी गराएको थियो । चुनावका लागि १२० दिन आवश्यक हुने भए पनि १०० दिनमा पनि निर्वाचन गराउन आयोग तयार रहेको बैठकमा जानकारी गराइएको थियो ।


