डडेल्धुरा । लेनदेनको बिषयमा विवाद भएर कुटपिट हुदा अजयमेरु गाउँपालिका ६ बस्ने ५६ वर्षीय गोबर्धन भण्डारीको मृत्यु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका भण्डारीको उपचारको क्रममा मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको हो । प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने ३८ वर्षीय नन्दे सिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोबर्धनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।


