सुनसरी । ईनरुवा नगरपालिका ३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोली सहित हरिनगर गाउँपालिका ६ बस्ने २३ वर्षी फरियाद मियाँ अंसारी लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोकमा हातहतियार बोकी मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेको तिनै जनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।


