×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

रोचक बन्दै टाइगर कप : पुरुषतर्फ गण्डकी वाहिरियो अन्य टिमको सम्भावना कायमै

  •  गोरखा समाचार
  • शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पोखरा । पोखरा रंगशालामा जारी दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब महिला तथा पुरुष भलिवल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ साविक उपाधि विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिए पनि अन्य टिमको फाइनल पुग्ने सम्भावना कायमै रहे पछि प्रतियोगिता रोचक बनेको छ ।

    बिहिबार सम्पन्न पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लवले लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना कायमै राखेका हुन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा हेल्प नेपाल स्पोर्ट्स क्लबले समेत विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई शुरक्षित बनाएको छ ।

    सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१५ ले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो । तर तेस्रो सेट २५–१५ ले नै आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिष्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ को जित निकाल्न सफल बन्यो । जितसँगै आर्मीको तीन खेलबाट ६ अंक पुगेको छ । आर्मीसँग पराजित भए पछि गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीको ३ खेलबाट ३ अंक रहेको छ । उक्त खेलमा आर्मीका मान बहादुर श्रेष्ठ म्यान अफ दि म्याच र आर्मीकै इश्वर थापा उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।

    त्यस्तै अर्काे खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ ले आफ्नो पक्षमा पार्दै फाइनलको यात्रालाई जिवित बनाएको छ । जितसँगै हेल्प नेपालको तीन खेलबाट ७ अंक पुगेको छ । प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो । उक्त खेलमा टिप टपका विनित कुमार म्यान अफ दि म्याच हुँदै ५ हजार नगद हात पारे भने दिपक थापा उत्कृष्ट डिफेण्डर भएका छन् । शुक्रबार हुने खेलबाट नै फाइनल पुग्ने दुई टोलीको टुंगो लाग्ने प्राविधिक संयोजक तथा अन्तर्राष्ट्रिय रेफ्रि तहल सिंह थापा मगरले जनाएका छन् ।

    यता महिला तर्फको एक खेल भने लाइट प्रोटेष्टका कारण अवरुद्ध बनेको छ । न्यू डायमण्ड र विभागिय टोली विचको एक खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडी रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक मगरले बताए । यस्तै महिला तर्फको एक अर्को खेलमा भने आयोजक टाइगर ग्रुप विभागिय टोली नेपाल आर्मी संग ३–१ सेटले पराजय भएको छ । उक्त खेलमा टाइगर ग्रुपकी कभिषा ओमन अफ दि म्याच हुँदा आर्मीकी पुष्पा चौधरी वेष्ट डिफेण्डर भइन् ।

    माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगितामा महिला तर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ । आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ । त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन् ।

    प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३÷३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला÷पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्ृकष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५÷२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०÷१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

    प्रतियोगितालाई सफल बनाउन मुख्यमन्त्रीको कार्यालय, गण्डकी प्रदेश, राष्ट्रिय खेलकुद परिषद, नेपाल भलिबल संघ, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, नेपाल भलिबल संघ जापान शाखा, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, महानगर पालिका कार्यालय, अन्नपूर्ण केबल कार प्रा.लि., पोखरा, प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश, मुक्तिनाथ विकास बैंक, अन्नपूर्ण गाउँ पालिका, केएफसी, काठमाण्डौ, बतास ब्रदर्श अर्गनाईजेशन, अटोवेज प्रा.लि., होटल बाराही, पोखरा, माउण्ट कैलाश रिसोर्ट, होटल पेनेन्सुल्ला, पोखरा, कास्की जिल्ला कवाडी संघ, विश्वकर्मा सप्लायर्स, कृषि तथा पशुपंछी फर्म, कुस्मा नगरपालिका–११, पकुवापोखरा महानगरपालिका, नगर खेलकुद विकास समिति, केल्मी, केएफसी, नेपाल टेलिकम, इसेवा रेमिट लगायत एक दर्जन संघ संस्थाले सहयोग गरेको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

    यसै विच साउथ एसिया सेन्ट्रल जोन भलिवलका अध्यक्ष मोहमद लतिफ पोखरा आएका छन् । पोखरामा जारी टाइगर कपको बारेमा विशेष चर्चा भए पछि उनी प्रतियोगिता अवलोकनका लागि पोखरा आएका हुन् । उनलाई पोखरा रंगशालामा संस्थाका अध्यक्ष नारायण प्रसाद शर्मा लगायतले भव्य स्वागत गरेका थिए । उनी संगै काठमाडौ बाट नेपाल भलिवल संघका महासचिव जितेन्द्र बहादुर चन्द समेत पोखरा आएका छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.