काठमाण्डौं । नोबल कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १४ हजार माथि पुगेको छ । बिहीबार ३ हजार ५५३ पुगे संगै सक्रिय संक्रमितको संख्या १४ हजार ३४० जना पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरको विभिन्न प्रयोगशालामा १५ हजार ८१ जनाको नमूना परिक्षण गर्दा थप ३ हजार ५५३ जनामा संक्रमण पुक्ष्टी भएको हो ।
संक्रमण पुष्टी भएका मध्ये १० हजार ४९८ जनामा पीसीआर गर्दा २ हजार ९२२ जना र ४ हजार ५८३ जनामा एन्टिजेन परिक्षण गर्दा ६३१ जनामा संक्रमण देखिएको छ । योसहित नेपालमा संक्रमितहरुको संख्या ९ लाख ४० हजार ५२२ जना पुगेको छ ।
बिहीबार नै देशको विभिन्न भागमा रहेका संक्रमित मध्ये २७१ जनाले कोरोना जित्न सफल भएका छन् । योसहित कोरोना जित्नेको संख्या ८ लाख १५ हजार ३४७ जना पुगेको छ ।
त्यस्तै गरी संक्रमित मध्ये पछिल्लो २४ घण्टामा १ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१० जना पुगेको मन्त्रालयले जनाएको छ ।





















