काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार १६७ जनामा संक्रमण पुष्टी भएको छ । देशैभरको विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ६३२ जनाको नमूना परिक्षणका क्रममा १ हजार १६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये ८ हजार ८४८ जनामा पीसीआर गर्दा ८४१ जना र ३ हजार ७८४ जनामा एन्टिजेन परिक्षण गर्दा ३२६ जनामा संक्रमण देखिएको छ । योसहित नेपालमा संक्रमितहरुको कुल संख्या ९ लाख ३० हजार ४ जना पुगेको छ ।
आइतबार नै कोरोना संक्रमण भएका मध्ये २२४ जना निको भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १४ हजार २३० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये २ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा संक्रमणका कारण हालसम्म ११ हजार ६०४ जनाले ज्यान गुमाई सकेका छन् ।
मन्त्रालयले आज जारी गरेको सूचना अनुसार देशैभर ६ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन् ।



