काठमाण्डौं । बागमती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लामा ट्याक्सी भाडा बढाएको हो ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ । शुरुको १ किलोमिटर पश्चात् प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसाका दरले थप भाडा हुने गरी कायम गरिएको छ ।
त्यस्तै ट्याक्सीहरूले भने अब पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमै हिँड्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ । यो निर्णय माघ १ गतेदेखि लागु हुने मन्त्रालयले जनाएको छ ।





















