भोजपुर । भोजपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले बिष्टलाई शनिबार पक्राउ गरेको जनाएको छ ।
प्रहरी कार्यालयमा परेको उजुरी लगत्तै ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


