साँकेतिक तस्बिर
नवलपुर । गैंडाकोट नगरपालिका २ नारायणी नदीमा नुहाउने क्रममा खुट्टा चिप्लीउर नारायणी नदीमा डुबेर सोही नगरपालिका ४ बस्ने ७० वर्षीय मोहनलाल श्रेष्ठको मृत्यु भएको छ ।
नुहाउने क्रममा खुट्टा चिप्लिँदा नदीमा डुबेर अशक्त भएका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उनको उपचारको क्रममा उनको मृत्यु भएको गैडाकोट प्रहरीले जनाएको छ ।


