काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ९४४ जनामा संक्रमण पुष्टी भएको छ । देशैभरको विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २६४ जनाको नमूना परिक्षणका क्रममा ९४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण देखिएका मध्ये ९ हजार ७६२ जनामा पीसीआर गर्दा ६९६ जना र ३ हजार ५०२ जनामा एन्टिजेन परिक्षण गर्दा २४८ जनामा संक्रमण देखिएको छ । योसहित नेपालमा संक्रमितहरुको कुल संख्या ९ लाख २८ हजार ८३७ पुगेको छ ।
सनिबार नै कोरोना संक्रमण भएका मध्ये २९७ जना निको भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १४ हजार ६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मध्ये कोही कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमणका कारण हालसम्म ११ हजार ६०२ जनाले ज्यान गुमाई सकेका छन् ।
मन्त्रालयले आज जारी गरेको सूचना अनुसार देशैभर ६ हजार १४० जना सक्रिय संक्रमित रहेका छन् ।



